कांग्रेस महाधिवेशन: फोटो -भिडियाे पत्रकारद्धारा ‘क्यामरा डाउन’

कर्णाली अनलाइन २७ मंसिर २०७८, सोमबार ०७:५५

काठमाडौँ ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार मतदान प्रक्रियाको रिपोर्टिङका लागि गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका सभापतिका उम्मेदवारहरूले मतदान गरेको तस्वीर तथा भिडियो खिच्न नपाएको भन्दै पत्रकारहरूले ‘क्यामरा डाउन’ गरेका छन्।

फोटो–भिडियो खिच्ने क्रममा प्रहरीले बाहिर जान भन्दै दुव्र्यवहार गरेको पत्रकारहरूले आरोप लगाएका छन्। प्रहरीले हातपात गर्दै फोटो खिच्न नदिएर बाहिर निकालेपछि विरोध जनाएको पत्रकारहरूको भनाइ छ।अहिले क्यामरा भुइँमा राखेर विरोध जनाएका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन्।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शेयर बजारमा पहिराे : आज कति अङ्कले घट्याे नेप्से ?

२७ मंसिर २०७८, सोमबार ०७:५५
काठमाडाैं। साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ । निरन्तर ओरालाे लागेकाे शेयर परिसूचक नेप्सेमा आज दिउँसो साढे १ बजे सम्ममा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंककाे बिन्दुमा आइपुगेको छ । यसक्रममा […]