दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

कर्णाली अनलाइन १० चैत्र २०८०, शनिबार १३:५४

 

काठमाडौं।भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो।

मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ। लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ। केजरीवाललाई पक्राउ गरेपछि उनको निवास बाहिर नेता-कार्यकर्ताले नाराबाजी  गरेका थिए। उनलाई मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो। यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभा उपाध्यक्षमा एमाले र समाजवादी दुवैको दाबी

१० चैत्र २०८०, शनिबार १३:५४
काठमाडौँ।माओवादी केन्द्रबाटै नारायण दाहाल राष्ट्रियसभाको अध्यक्ष भएपछि माओवादीबाटै उपाध्यक्ष रहेका उर्मिला अर्यालले बिहीबार पदबाट राजीनामा दिइन्। अध्यक्ष, उपाध्यक्ष फरक दलको हुनुपर्ने मान्यता र सत्ता गठबन्धनमा भएका दलहरुबीचको सहमतिअनुसार माओवादीकी अर्यालले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको छ। उपाध्यक्ष पद खाली भएसँगै अब सत्ता गठबन्धनमा रहेका एमाले र एकीकृत समाजवादीबीच हानाथाप सुरु […]