पर्सा।जिल्लाको पोखरिया नगरपालिका-३ मा बिहीबार दुईवटा मोटरसाइकल एकआपसमा ठोकिँदा दुवै चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन ।
प्रहरका अनुसार ना ३ प १०२६ र प्रदेश २-०३-००४ प ७४७६ नम्वरको मोटरसाइकल बिहीवार ठोकिएका थिए ।
दुर्घटनामा परि मोटरसाइकल चालकहरु धोवीनी गाउँपालिका २ गुलरियाका ३५ वर्षिय ललनप्रसाद कुर्मी र संखुवाप्रसौनी गाउँपालिका -५ बस्ने २९ वर्षीय हसिन्द्र सहनीको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटना घाइते भएका दुई जनाको विरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

