वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालिका घाइते

कर्णाली अनलाइन ९ पुष २०७९, शनिबार १८:०८

सुर्खेत । जिल्लाको वीरेनद्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी छन्। शुक्रबार दिउँसो साढे ४ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोक नजिक मोटरसाइककले बालिकालाई ठक्कर दिएको हो।

वीरेन्द्रनगर–८ सिम्ताली चोकबाट क्याम्पसतर्फ जाँदै गरेको भे. ३ प. ८८९८ नम्बरको मोटरसाइकले पैदल यात्री वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ५ वर्षीया बालिका गृष्मा बुढालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाइकलको ठक्करबाट बालिका बुढाको बाया खुट्टामा चोट लागि घाइते भएर माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारको दाबी गर्न ओली र प्रचण्ड लागे राष्ट्रपति निवासतर्फ

९ पुष २०७९, शनिबार १८:०८
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नेकपा एमाले नेतृत्वका दलहरू राष्ट्रपति कहाँ सरकारको दाबी गर्ने भएका छन्। त्यसैक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड राष्ट्रपति निवासतर्फ लागेका छन्।