‘फागुन १ को बिदा तत्काल फिर्ता लिनुस्, नत्र थप कदम चाल्न बाध्य हुन्छौं’-एमालेका अध्यक्ष ओली

कर्णाली अनलाइन १६ आश्विन २०८०, मंगलवार १५:२०

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ मा बिदा दिने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आउँदो मन्त्रिपरिषद बैठकबाटै बिदाको निर्णय फिर्ता लिन आग्रह गरे।

‘फागुन १ को बिदा मान्य छैन। खाटा बसेको घाउमा किन नुनचुक लगाउने? हिंसा सुरु भएको दिनलाई किन बिदा दिएर उत्सव मनाउने? शहीद परिवार, तिनका बच्चाबच्चीको हेरविचार नगर्ने, घाइतेको करा नसुन्ने अनि बिदा किन दिएको ?’ ओलीले भने, ‘आगामी मन्त्रिपरिषद बैठकबाट यसलाई फिर्ता गर्नुस्। बट–इफ छैन । यदि फिर्ता लिनुभएन भने युद्ध त्याग्नुभएको छैन भन्ने प्रष्ट हुन्छ।’

उनले बिदा फिर्ता नभए थप कदम चाल्न बाध्य हुने चेतावनी पनि दिए। आफ्नै समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको भन्दै ओलीले आफूले फागुन १ मा बिदा नदिन भन्दा पनि उनले नमानेको बताए।

‘मैले उहाँलाई स्पष्ट रुपमा बिदा दिने निर्णय नगर्नुस् भनेको थिएँ। उहाँले मैले देउवाजी (शेरबहादुर देउवा) सँग कुराकानी गरिसकेको छु, उहाँले मानिसक्नुभयो। म अगाडि बढेँ भन्नुभयो।’ ओलीले भने, ‘कांग्रेसका पनि ४–५ सय कार्यकर्ता त रेटिएका होलान् । अनि के के उत्सव मनाउन खोजेको ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङ केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

१६ आश्विन २०८०, मंगलवार १५:२०
सुर्खेत।पश्चिम नेपाल भूकम्पको कम्पनले हल्लिएको छ । बझाङको तालकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको महसुस सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशसमा समेत गरिएको छ । क्षतिबारे […]

सम्बन्धित शीर्षक