दैलेख।जिल्लाको गुराँस गाउँपालिकामा मुख्य पाँच राजनितिक दलले अध्यक्ष र उपाध्यक्षमा आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।भने अन्य ४ जनाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सोमवार निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन।
अध्यक्षमा नेपाली काँगे्रसबाट खेमराज ओलीले र उपाध्यक्षमा दिपा विसी (रावल)ले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेबाट अध्यक्षमा टोपबहादुर विसीले उम्मेदवारी दर्ता गराएभने उपाध्यक्षमा शिवाकुमारी खड्काले उम्मेदवारी दर्ता गराएकी छन।
यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा कृष्ण गिरीले उम्मेद्वारी दर्ता गराउँदा उपाध्यक्षमा कुसुम कुमारी शाहीले उम्मेदवारी दर्ता गराएकी छन। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षमा तपेन्द्र बहादुर सिंह ठकुरीले उम्मेदवारी दर्ता गरेका छन भने उपाध्यक्षमा सिता शाहीले उम्मेदवारी दर्ता गराएकी छन।
यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट अध्यक्षमा उदय जङग शाहीले आफनो उम्मेदवारी दर्ता गराए भने उपाध्यक्षमा पार्वती वलीले दर्ता गराएकी छन।यस्तै गुराँस गाँउपालिका अध्यक्षका लागी स्वतन्त्र उम्मेदवारकारुपमा थीर बहादुर के.सी,पदमबहादुर मल्ल,विश्व बुढा र बखत बहादुर वि.सीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।