‘गुराँस समृद्धीका अधुराकाम पुरा गर्ने पुन:अध्यक्षमा उम्मेदवार दर्ता गरेको हु’:ओली

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार ०७:३१

दैलेख।नेपाली काँग्रेस कार्य समिति दैलखका सचिव खेमराज ओलीले गुराँस समृद्धीका अधुराकाम पुरागर्ने पुन अध्यक्षमा आफनो उम्मेदवारी दर्ता गरेको बताएका छन। ।बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागी उनले सोमबार नेपाली काँग्रेसका नेता कार्यकर्ताको उल्लेख्य सहभागीका साथ  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन।

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट ४ हजार १ सय ६४ मत ल्याएर निर्वाचित भएका ओलीले जनताको हितमा राम्रो काम गरेकाले पुन नेपाली काँग्रेसबाट प्रमुखमा खेमराज ओली र उप-प्रमुखमा दिपा विसी (रावल)ले उम्मेदवारी दर्ता गराएका छन।

२०७४ सालको चुनावमा नेपाली काँग्रेसबाट गाउँपालिका प्रमुखमा निर्वाचीत भएका ओलीले गुराँसको समृद्धका सम्बाहकरुपमा चिएका छन ।गुराँस गाउँपालिकाको शिक्षा,स्वास्थ्य ,खानेपानी ,सडक,विधुत लगायत पुर्वाधारमा विशेष जोड दिई सम्रग देशकै नमुना गाउँपालिकाको रुपमा चिनाउन सफल भएका ओली गुराँस जनताका प्रत्यक्ष जनजिविका सवालमा अतिलोकप्रीय युवा नेताका रुपमा आफुलाई चिनाउन सफल भएका छन।

२०७४ को स्थानीय तहमा घोषणापत्रमा दर्ज भएका प्रतिवद्धताहरु शतप्रतिशत कार्यनयन गर्ने सफल भएका ओली केही बाँकीरहेका अधुरा योजनाहरुलाई पुरा गर्ने संङकल्प सहित आफनो पुनस्उम्मेदवारी रहेको बताए। ओलीले निर्वाचनमा आफुलाई अत्याधिक बुहमतका साथ विजय गराउनका लागी सम्पुर्ण गुराँस वासिमा अनुरोध र आग्रह समेत गरेका छन।लामो राजनीतिक अनुभव भएका नेता ओली राजनैतिक रुपमा मात्रै नभइ हरेक क्षेत्रमा उतिकै अनुभवी र कुशल शासकको रुपमा चिनिएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोल्पामा उम्मेदवारी दर्ता गर्न गएका व्यक्ति कुटिए

१३ बैशाख २०७९, मंगलवार ०७:३१
डोल्पा।डोल्पाको छार्काताङसोङ गाउँपलिका-५ को पिम्री गाउँमा एक व्यक्तिमाथि कुटपिट भएको छ । सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दर्ता गर्न गएका स्थानीय धावा गुरूङमाथि निवर्तमान वडाध्यक्ष सोनाम साङवो गुरुङको समूहले कुटपिट गरेको हो । यसपटक पनि वडाध्यक्षमा सोनामको मात्रै उम्मेदवारी परेको छ । सोनामको समूहले बाटोमा हिंडिरहेका स्थानीयलाई किन कुटपिट गरे […]