हेटौडा। वाग्मती प्रदेशको एक मात्र उपमहानगरपालिका मकवानपुरको हेटौंडामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी नेकपा एसकी मीना लामा र उपमेयरमा कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन।विजय लामाले २३ हजार ७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे ।राष्टिय प्रजातन्त्र पार्टी का दिपकबहादुर सिंह २० हजार ५ सय ३१ मतसहित तेस्रो बने।
उपमेयरमा बानियाँ ३२ हजार ५ सय ९३ मत प्राप्त गर्दै विजयी बने ।बानियाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा २३ हजार ९ सय ६ मत प्राप्त गरिन।