सुक्खा पहिरोले पुरिएर २ जनाको मृत्यु

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ०७:५५

संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेको पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।

चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लगाउने क्रममा ३० मिटर माथिबाट खसेको सुक्खा पहिरोले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक बस्नेतले बताए।

चैनपुरको सिद्वपोखरीदेखि नुनढाकीसम्मको १९ किलो मिटर अमर कन्स्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कामु प्रधानन्यायाधीश कार्की हुम्लामा

१८ जेष्ठ २०७९, बुधबार ०७:५५
हुम्ला।सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की हुम्ला पुगेका छन्। कार्कीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट हुम्ला गएको हो।कामु प्रधानन्यायाधीश कार्की हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटनका लागि हुम्ला पुगेको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जानकारी दिए। उनी दुईदेखि तीन घण्टा जिल्लामा रहने कार्यक्रम हो। भवन उद्घाटनपछि उनले जिल्ला अदालतको […]

सम्बन्धित शीर्षक