कामु प्रधानन्यायाधीश कार्की हुम्लामा

हुम्ला संवाददाता १८ जेष्ठ २०७९, बुधबार ०९:१०

हुम्ला।सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्की हुम्ला पुगेका छन्। कार्कीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा मुगुबाट हुम्ला गएको हो।कामु प्रधानन्यायाधीश कार्की हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटनका लागि हुम्ला पुगेको जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जानकारी दिए।

उनी दुईदेखि तीन घण्टा जिल्लामा रहने कार्यक्रम हो। भवन उद्घाटनपछि उनले जिल्ला अदालतको अनुगमन तथा निरीक्षण गर्नेछन्।हुम्लाको कार्यक्रम सकेर कार्की जुम्ला उच्च अदालतको निरीक्षणका लागि जानेछन्। त्यसपछि आजै उनी नेपालगञ्ज फर्किने छन्।कामु प्रधानन्यायाधीश कार्कीले मंगलबार डोल्पा र मुगु जिल्ला अदालतको निरीक्षण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचण्डकाे चिन्ता- हामी बुर्जुवा पार्टीभन्दा भिन्न भएनौँ

१८ जेष्ठ २०७९, बुधबार ०९:१०
काठमाडाैँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको सङ्कट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन्।उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी हिजोको जस्तो क्रान्तिकारी नभएको र जनताको सेवक पनि नभएको भान जनतालाई […]