नेपाल प्रहरीका आठ डीएसपी, एसपीमा बढुवाका लागि सिफारिस

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०४:२७

काठमाडौं। नेपाल प्रहरीका आठजना नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी प्रधान कार्यालयले उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो । यसअघि दुई पटकसम्म बढुवामा छुटेका अर्जुनप्रसाद तिमल्सिनासहित अन्य आठको बढुवा भएको छ ।

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना बढुवा हुनबाट छुटेका थिए । बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । प्रहरी नियमावलीअनुसार उनीहरुविरुद्ध उजुरबाजुर नपरे उनीहरुको स्वतः बढुवा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसम पूर्वानुमान: कुनकुन क्षेत्रमा वर्षाको कस्तो सम्भावना?

३ मंसिर २०७८, शुक्रबार ०४:२७
काठमाडौं। आज शुक्रबार देशभरको मौसमी बदली भएको छ। मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने केही भूभागमा वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान बनेको हो।मौसम […]

सम्बन्धित शीर्षक