मौसम पूर्वानुमान: कुनकुन क्षेत्रमा वर्षाको कस्तो सम्भावना?

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०४:५२

काठमाडौं। आज शुक्रबार देशभरको मौसमी बदली भएको छ। मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ भने केही भूभागमा वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रभावका कारण हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावान बनेको हो।मौसम बदलीसगै देशका अधिकांश भूभागहरुमा चिसोको मात्रा बढ्ने र तुँवालोले गर्दा वायुको गुणस्तर समेत खस्किने बताइएको छ।

आज दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दसौं महाधिवेशनमा पदाधिकारी मिलाउन केपी ओलीलाई सकस

३ मंसिर २०७८, शुक्रबार ०४:५२
काठमाडौं। नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो। वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका […]

सम्बन्धित शीर्षक