धुलियाबिट-भेडाबारी सडक खण्ड : पक्की पुल ५ वर्ष नबित्दै बन्यो ‘स्विमिंग पूल’

दान खत्री ९ माघ २०७९, सोमबार २१:३०


सुर्खेत ।विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक विकास ओसार्ने माध्यम पनि हो तर कहिले पनि बन्न सकेन दिर्घकालिन सोच सहितको विकास?सडकमा बनाइने अनेक पुल दुई स्थानलाई जोडेने माध्यम पनि हो ।

तर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अलपत्र रहेको मदनभण्डारी राजमार्ग अन्तर्गत धुलियाबिट-भेडाबारी सडक खण्डमा निर्माण भएको करेखोलामाथिको पक्की पुल ५ वर्ष नवितदै जिर्ण बनेको छ। वि.स.२०७३ जेठ १८ गते कुल लागत (भ्याट सहित )१करोड ५० लाख ४९ हजार २ सय ४९ मा ठेक्का सम्झौता पाएको चन्द्रा एण्ड बसन्त कन्स्ट्रक्सन प्रा.लि ले वि.स.२०७४ भदौ १८ गते उक्त पुलको निमार्णकार्य सम्पन्न गरेको थियो ।

अहिले उक्त पुलमाथि ५ वर्ष नवित्दै खाल्डा खुल्डी परेको छ । स्थानीय युवा विनय घिमिरे भन्छन ‘हामी पक्की पुल बनेको मा खुशी थियौ तर अहिले ठुला गाडी पुलमाथी आवत जावत गर्दा केही हुन्छ कि भन्ने चिन्त्ता लाग्ने गरेको बताए’ । उनले भने ‘सडकमा खाल्डा खुल्डी परेको देखेका थियौँ तर पक्की पुलमाथि खाल्डा परेको पहिलो चोटी देखेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का

९ माघ २०७९, सोमबार २१:३०
सुर्खेत।सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसाे २ बजेर ४५ मिनेट जाँदा भूकम्पकाे धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हाे भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महसुस गरिएको छ। सदरमुकाम चैनपुरमा रहेकाे कृषि ज्ञानकेन्द्रको भवन हाल […]