कालीकोटमा बम विस्फोट हुँदा दुईको मृत्यु, ३ घाइते

कालिकोट संवाददाता १२ कार्तिक २०७९, शनिबार १२:३५

कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोटहुँदा दुईको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजेको समयमा बम विस्फोट भएको हो।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माका अनुसार बम विस्फोटबाट स्थानीय ३ वर्षीय झरना थापाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र ४ वर्षीय सरस्वती रानाको कर्णाली प्रदेश अस्पताल कालाँगाउमा उपचारको क्रममा मृत्यु भएको  जानकारी दिए।

यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, र ३ वर्षीय दर्शना राना घाइते भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ।

घाइतेहरुलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगरिएको छ। घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए।प्रजिअ रामहरिले अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्ने बारे कुनै जानकारी नभएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बगेर बेपत्ता

१२ कार्तिक २०७९, शनिबार १२:३५
सुर्खेत । सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन्। शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा नदीमा उनिहरु बेपत्ता भएको सशस्त्र प्रहरी वल रक्तकाली गण बागेशीमलका प्रमुख विमल […]

सम्बन्धित शीर्षक