भेरी नदीमा पौडी खेल्ने क्रममा दुई जना बगेर बेपत्ता

कर्णाली अनलाइन १२ कार्तिक २०७९, शनिबार १६:०२

सुर्खेत । सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दिपक थापा र १८ वर्षीय चन्द्र बिसी रहेका छन्।

शनिबार भेरी नदीमा पौडी खेल्ने क्रममा नदीमा उनिहरु बेपत्ता भएको सशस्त्र प्रहरी वल रक्तकाली गण बागेशीमलका प्रमुख विमल डाँगीले जानकारी दिए। उनका अनुसार उनिहरुको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सन्दीपविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजाय माग

१२ कार्तिक २०७९, शनिबार १६:०२
काठमाडौं।बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। उनीविरुद्ध जर्वजस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए। ‘प्रहरीको प्रतिवेदन बमोजिमकै सजाय […]