सर्लाहीमा पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु

कर्णाली अनलाइन १ पुष २०७८, बिहीबार ०५:३३
साकेतिक फोटो
साकेतिक फोटो

सर्लाही। जाडोबाट बच्नको लागि घरमा पराल ओढेर सुतेका दिदीबहिनीको जलेर मृत्यु भएको छ। जिल्लाको कबिलासी नगरपालिका– ७ निवासी जोगी महरा चमारकी ३ वर्षीया छोरी सुगन्धी महरा र ८ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले चमारकी अर्की छोरी ५ वर्षीया सुधा महरा घाइते भएको जानकारी दिए। बुधबार राति दिदीबहिनी आफ्नै फुसको घरमा जाडोबाट बच्न पराल ओढेर सुतेका थिए। सोही क्रममा घरमा आगलागी हुँदा दुबै जलेर घाइते भएको प्रहरी नायब उपरीक्षक बुढाथोकी बताए।

आगलागिबाट गम्भीर घाइते दुबैलाई तत्काल उपचारको लागि मलंगवा अस्पतालमा लगिएकोमा एकजना त्यहाँ र अर्को एकजनाको काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो। राति करिब सवा ९ बजेको समयमा फुसको घरमा विद्युत सट भएर आगलागी भएको बुढाथोकीले बताए। मृतक बालिकाका शवलाई पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा राखिएको तथा घाइते सुधा उपचारपछि घर फर्केकी छिन्।आगलागीको घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महामन्त्रीमा गगन थापाको शुरुवाती अग्रता

१ पुष २०७८, बिहीबार ०५:३३
काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन । १४ औँ महाधिवेशन अन्तर्गत दुई महामन्त्रीका लागी भएको निर्वाचनको जारी मतगणनामा थापाले शूरुवाती अग्रता लिएका हुन। प्रारभिक परिमाणअनुसार गगनले ७० मत ल्याएका छन। दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन।संस्थापन पक्षका उम्मेदार प्रकाशशरण महत र प्रदिप पौडेल क्रमश […]