हुम्लाकी घाइते तामाङलाई सात लाखको हेलिकप्टर चार्टर गरेर उद्धार

कर्णाली अनलाइन २३ माघ २०७८, आईतवार ११:४३

धन बहादुर भण्डारी

हुम्ला।जिल्लाकोे नाम्खा गाउँपालिका–५ तुम्कोटकी एक महिलाको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ । घरको छतबाट लडेर घाइते भएकी ५८ वर्षीया छिरिङ्वा तामाङ माघ २१ गते घरको छतबाट लड्दा घाइते भएकी थिइन् । खराब मौसमका कारण उनको उद्धार हुन नसकेको ले आईतबार हेलिकप्टर चार्टर गरी उद्धार गरिएको हो ।

तामाङको खुट्टा र ढाड भाँचिएको हुम्ला जिल्ला प्रहरी कार्यालयको स्रोतले बताएको छ । हिमपात भइरहेका बेला पशुचौपायलाई घाँस निकाल्न जाने क्रममा उनी छतबाट लडेकी समेत स्रोतले जानकारी दिएको छ । उनलाई उपचारको लागि आइतबार हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको हुम्लाका प्रहरी नायब उपरिक्षक हेरम्बा शर्माले जानकारी दिए ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ रिफर गरिएको हो । हिमपातका कारण सञ्चार सेवा अवरुद्ध भएका कारण शनिबार मात्रै घटनाबारे प्रहरीले जानकारी पाएको शर्माले बताए । प्रशासनले काठमाडौँमा रहेका तामाङका आफन्त रिन्जिन बहादुर लामालाई खबर गरेपछि उनले हेलिकप्टर चार्टरका लागि समन्वय गरेका थिए । उनले हेलिकोप्टर चार्टर गर्न साढे सात लाख खर्च लागेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलमा कार दुर्घटनाहुँदा तीनको मृत्यु ,दुई गम्भीर घाइते

२३ माघ २०७८, आईतवार ११:४३
बुटवल। बुटवलमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। बुटवल तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले […]