१२ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा वुबा पक्राउ

कर्णाली अनलाइन २९ श्रावण २०७९, आईतवार १७:३७

सुर्खेत । छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बुवालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका ठेगाना भएकी छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बुवालाई पक्राउ गरेको हो ।

यहीँ साउन २६ गते रातीको घटना भएपनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिकालाई बलात्कार गरेको जानकारी आफन्तहरुले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको टोलीले पीडकलाई शनिवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनका लागि ८४ दल दर्ता

२९ श्रावण २०७९, आईतवार १७:३७
काठमाडाैं ।आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्। सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ता अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन्। […]

सम्बन्धित शीर्षक