चुनावमा हाम्राे पार्टीकाे शक्ति देखिनेछ, हामीलाई खिसीटियुरी गर्नेहरूको हरिबिजाेग हुनेछ : अध्यक्ष नेपाल

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार ११:०७

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदाे स्थानीय तहको चुनावमा आफ्नो पार्टीको शक्ति देखिने बताउनुभएको छ । आज बिहीवार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उहाँले आउँदै गरेकाे स्थानीय तह चुनावमा आफ्नाे पार्टीको शक्ति देखिने भन्दै आफूहरूलाई खिसीटियुरी गर्नेहरूको हरिबिजोग हुने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हाम्रो पार्टीको भविष्य उज्ज्वल छ । वैशाख ३० गतेको चुनावमा सत्य र न्यायको प्रतीकको रूपमा रहेको कलमले अवश्य कमाल गर्नेछ । पार्टीको शक्ति चुनावको मैदानमा देखिनेछ । हाम्रा खिसी टिउरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ ।’

अध्यक्ष नेपालले स्थानीय तह चुनावमा प्रगतिशील भूमिका खेल्नेहरू पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरू दण्डित हुनुपर्ने धारणा राख्नुभयो । प्रतिगामी भूमिका खेल्नेहरू पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उहाँको भनाइ छ । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले युट्युबले झुटा समाचार र सूचनाहरू आउने गरेकाे गुनासा सुनिएकाे भन्दै जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गर्नुभयो । सञ्चारमाध्यमलाई सही बाटोमा हिँडाउनका लागि सरकारले प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष नेपालले मिडियाकाे जनचेतना जगाउने, देशभक्तिको भावना जगाउने र लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्ने जिम्मेवारी भएकाले त्यहीअनुसार लाग्न सञ्चारकर्मीहरूलाई आग्रहसमेत गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चुनावमा होमियो एकीकृत समाजवादी, सातै प्रदेशमा अनुगमन टोली गठन, कुन प्रदेशमा कसको जिम्मेवारी?

३ चैत्र २०७८, बिहीबार ११:०७
काठमाडौं।नेकपा एकीकृत समाजवादीको बैठकले संगठन निर्माणको अभियानलाई चुनाव प्रचारमा जोड्ने निर्णय गरेको छ। पार्टीको बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको हो। जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा […]

सम्बन्धित शीर्षक