कर्णालीमा मन्त्रालय भागवण्डा पेचिलो बन्दै,चार मन्त्रालय नपाए माओवादी सरकारबाट बाहिरिने चेतावनी

कर्णाली अनलाइन २० मंसिर २०७८, सोमबार ०९:४६

सुर्खेत।कर्णाली प्रदेश सरकारमा मन्त्रालयको भागवण्डाको विषय पेचिलो बन्दै गएको छ । कार्तिक १६ गते मुख्यमन्त्रीका रुपमा नियुक्त भएका जिवन बहादुर शाहीले झन्डैँ ३४ दिन वितिसक्दा पनि दुई मन्त्रालय वाहेक अरु मन्त्रालयमा मन्त्रीमण्डल विस्तार गर्ने सकिरहेका छैनन् ।

मुख्यमन्त्री शाहीले दुई मन्त्रालयमा माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका छन भने नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट चन्द्र बहादुर शाहीलाई भुमि व्यवस्था कूषि तथा सहकारी मन्त्री बनाएका छन ।

‘कर्णाली प्रदेशमा माओवादी ठुलो दलका हिसावले पनि कम्तिमा चार मन्त्रालय पाउनु पर्ने ‘यदि नपाए सरकार बाटै बाहिरिने माओवादी संसदीय दलका नेता महेन्द्र बहादुर शाहीको दावी रहेको छ’ ।उता माओवादी र एकीकृत समाजवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जिवन बहादुर शाहीले भने ‘कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताएका छन’। भने अर्को  सत्ता साझेदार पार्टी एकीकृत समाजवादीले पनि तिन मन्त्रालयमा आफनो दावी कायमै राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु

२० मंसिर २०७८, सोमबार ०९:४६
दाङ ।दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख […]

सम्बन्धित शीर्षक