एमाले बागमती अधिवेशन : सुरू भयो मतदान

कर्णाली अनलाइन १२ आश्विन २०८०, शुक्रबार १४:२७

काठमाडौं।नेकपा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। पार्टी कार्यालय च्यासल ललितपुरमा अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलले मतदान गरी सुरु गरिएको हो।

सहमति र प्राविधिक तयारीका नाममा पटक पटक सर्दै आएको मतदान दिउँसो साढे १ बजे सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए।मतदानका लागि ४० वटा विद्युतीय भोटिङ मेशिन राखिएको छ। नमुना मतदान गर्दा एकजनालाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने मुख्य निर्वाचन अधिकृत मैनालीले बताए।

१३ जिल्लाबाट १ हजार १ सय ७२ जना प्रतिनिधिले मतदान गर्नेछन्। अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ। भुगोलतर्फका अधिकांश सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा हुनेछ। सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीका वैचारिक दृष्टिकोण जनताकाबीच लगिन्छ : अध्यक्ष नेपाल

१२ आश्विन २०८०, शुक्रबार १४:२७
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीले अवलम्बन गरेका नीति तथा आदर्शलाई जनताकाबीच लैजाने ‘समाजवाद जागरण अभियान’ महत्त्वपूर्ण हुने बताएका छन्। पार्टीले यही असोज १४ देखि २९ गतेसम्म गर्न लागेको अभियानबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले झापाको काँकडभिट्टास्थित मेची नदीबाट सुरु गर्ने उक्त अभियानमा पार्टीले अवलम्बन […]

सम्बन्धित शीर्षक