गुराँस गाउँपालिका- वडाबाटै सामाजिक सुरक्षा भत्ता,ज्येष्ठ नागरिकमा उत्साह

दान खत्री २५ श्रावण २०८०, बिहीबार १०:४५

दैलेख।गुराँस गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता बापतको रकम वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन्। गुराँस गाउँपालिकाका ८ ओटै वडाका ज्येष्ठ नागरिकलाई बैक सम्म आउन सास्ती हुने भएकोले आफ्नो वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो।

बैंकमा घण्टौँसम्म लाइन बसेर वृद्घभत्ता बुझ्दै आएका गुराँस गाउँपालिका -६ की ९२ बर्षीय जल्धरी दमाई  “अघिलो आर्थिक बर्षको अन्तिम चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भएकी छन्”। उनी भन्छीन , ‘गाउँपालिका र वडाका जनप्रतिनिधिले निर्वाचनका बेला मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम गरिरहेकोमा उनीले निकै खुशी व्यक्त गरिन।’

त्यस्तैगरी, गुराँस गाउँपालिका-६ का ८३ बर्षीया खड्कु चन्द पनि वडा्बाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउँछन्। ‘भत्ता बुझ्नका लागि रानिमत्ता जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या’, उनले भने, ‘अहिले त गाउँपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाकार्यालयबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्।’ उनीहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ।

गुराँस गाउँपालिकाले वडा न -६ पिलाडीका ७० वर्ष माथिका वृद्धवृद्धा र अपाङ्गता अशक्त तथा सामाजिक सुरक्षा लाभग्राही गरी ११६ जनालाई वडा कार्यालयमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो। गाउँपालिका र वडा कार्यालयको समन्वय र प्रभु बैँक गुराँस शाखाको सहजिकरणमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी वडामै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान  गरिएको वडानम्बर-६ का वडाअध्यक्ष चन्द्र बहादुर रानाले कर्णाली अनलाइन लाई बताए।

‘ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुको स्वास्थ्य स्थितलाई ध्यान दिर्दै सहज सेवा प्रदान गर्नका लागि वडामै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको’ गाउँपालिकाका अध्यक्ष टोप बहादुर विसीले बताए।

‘सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको बताउँदै गुराँस गाउँपालिकामा लक्षित वर्गको सामाजिक सुरक्षा भत्ता बैंकमा आएर लाईनमा बसी लिनुपर्ने बाध्यताको अन्त्य भएको गुराँस गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्काले बताइन्’।

यस अघि प्रभु बैकको गुराँस शाखामा पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि वृद्धहरू खुशी भएका छन्। भत्ता बुझ्नकै लागि एक दिनको दूरीमा रहेको बैंकसम्मको कष्टकर यात्रा गर्न नपरेको भन्दै स्थानीयले खुसी व्यक्त गरे।

 

गुराँस गाउँपालिका कर्मचारी , वडा अध्यक्ष,वडा सचिव,सुरक्षा कर्मी र प्रभु बैँक गुराँस शाखाका कर्मचारी लगायतले वडा न ६ को पिलाडीमा पुगी सामाजिक सुरक्षा भत्ता बुधवार वितरण गरेका हुन्।

साथै यो अभियान सबै वडाहरुमा निरन्तर जारी रहेको पालिकाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किन जादैँ छन,माओवादी महासचिव गुरुङ चीन भ्रमण?यस्तो छ खास नालीबेली

२५ श्रावण २०८०, बिहीबार १०:४५
काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् ।उनी बिहीबार दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् । पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् ।यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।