बुधबार शेयर बजार मापक नेप्से परिसूचक ३०.२४ अंकले बृद्धि

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार १२:२९

काठमाण्डाैं।बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा बृद्धि भएको छ।नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ।जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा बृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।अघिल्लो दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेको छ।बाँकी उपसमूहको परिसूचक ० प्रतिशत भन्दा माथि बढेको छ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै आरएमडिसी लघुवित्तको शेयर मूल्य करिब ९ प्रतिशत बढेको छ भने राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ। त्यस्तै युनाइटेड इदी मार्दी र सारथी लघुवित्तको शेयर मूल्य २ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ८ करोड ४३ लाख ३४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।अरुण भ्याली हाइड्रोपावरको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बैठकले गर्‍यो परिमार्जनसहित स्थानीय तह निर्वाचन घोषणापत्र पारित

३० चैत्र २०७८, बुधबार १२:२९
काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित निर्वाचन घोषणापत्र पारित गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज (बुधबार) बसेको बैठकले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले बनाएको मस्यौदालाई केही परिमार्जनसहित पारित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। गठबन्धनभित्र भएको चुनावी तालमेलको बारेमा पनि […]