कांग्रेस बैठकले गर्‍यो परिमार्जनसहित स्थानीय तह निर्वाचन घोषणापत्र पारित

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार १६:०४

काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले परिमार्जनसहित निर्वाचन घोषणापत्र पारित गर्ने निर्णय गरेको छ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आज (बुधबार) बसेको बैठकले महामन्त्री गगन थापा संयोजकत्वमा स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले बनाएको मस्यौदालाई केही परिमार्जनसहित पारित गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

गठबन्धनभित्र भएको चुनावी तालमेलको बारेमा पनि समितिका सदस्यहरुलाई जानकारी गराइएको उनले बताए।

आजको बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियार र केन्द्रीय समितिका सदस्यहरू विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा नारायण खड्का, जीपछिरिङ लामा र एनपी साउदले आ–आफ्नो धारणा राखेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थपिए ४ जना कोरोना संक्रमित

३० चैत्र २०७८, बुधबार १६:०४
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। बिहीबार ४४  जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ४७९ जना सक्रिय संक्रमित रहेका […]