दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दैलेख प्रशासनले माघ १७ गते देखि २१ गतेसम्मका लागि सवै नियमित सेवा बन्द गरेको छ। जिल्ला प्रशासन दैलेखमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कर्णाली अनलाइनलाई जानकारी दिए ।
प्रजिअ व्याकुरेलका अनुसार प्रशासनमा कार्यरत कर्मचारीहरुमा समेत कोरोनाको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै माघ १७ गते सोमबारदेखि २१ गते शुक्रबार सम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो ।प्रजिअ व्याकुरेलका अनुसार मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहरु नियमित रुपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।