मकवानपुरमा लोडर दुर्घटना हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

कर्णाली अनलाइन १९ बैशाख २०७९, सोमबार १५:२८

हेटौँडा।निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्र्याक)मा लोडर पल्टिँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ।बकैया गाउँपालिका–११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

मृत्यु हुने दुबै चिनियाँ नागरिक भएको बताइएको छ। निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो।लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ। लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ। बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन:३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

१९ बैशाख २०७९, सोमबार १५:२८
काठमाडौँ।स्थानीय तह निर्वाचनमा सोमवारसम्म ३५३ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन।आयोगले सोमवार दिउँसोसम्म प्राप्त सुचनाका आधारमा ३५३ जना निर्विरोध निर्वाचन भएको जनाएको छ ।स्थानीय तह निर्वाचनको जानकारी दिन आयोजना गराएको नियमित पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन आयोगका सह-प्रवत्ता सुर्य प्रसाद अर्यालले हाल सम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचन भएका र यो […]