दलहरूले चुनावमा के–के गर्न हुँदैन, यस्ताे छ निर्वाचन आयाेगकाे ६० बुँदे निर्देशन

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार १६:३५

काठमाडौँ।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको छ । आयोगले आज मङ्गलवार राजनीतिक दलहरूलाई बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले के–के गर्न नहुने भन्नेबारेमा ६० बुँदे निर्देशन दिएको हो । आयाेगले आज नै दलहरूलाई आचारसंहिता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकाे थियाे ।

निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनअनुसार बमोजिम चुनावको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने  उद्देश्यले अवरोध पुर्‍याउन नहुने आयोगको बुँदामा उल्लेख छ ।

यस्तै निर्वाचन अवधिभित्र कुनै मतदातालाई उसकाे मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम दिन नहुने पनि आयाेगकाे बुँदामा उल्लेख छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बार एशोसिएशनकोे निर्वाचनको मतपरिणाम:अध्यक्षमा घिमिरेको अग्रता

२२ चैत्र २०७८, मंगलवार १६:३५
काठमाडौँ।नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रिय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशिल समावेशी तथा पेसागत कानुन व्यवसायी समुहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता दिएका छन। घिमिरेले हालसम्म गणना भएको मध्ये ७७७ मत प्राप्त गरेका छन भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समुहका अध्यक्ष विष्णुमणि अधिकारीले ३७२ मत प्राप्त गरेका छन् हालसम्म […]