उपराष्ट्रपति निर्वाचन: एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने

कर्णाली अनलाइन २७ फाल्गुन २०७९, शनिबार १२:१३

काठमाडाैँ।नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम हुँदैछ। दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ।

आज अपरान्ह ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ।दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारका विरोधमा उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयाेगले गरेकाे छ।

आयाेगका अनुसार शनिबार बेलुका ६ बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्र जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम गरिनेछ।

आइतबार १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र आइतबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालको इतिहासलाई लुकाउन खोजियो:अध्यक्ष ओली

२७ फाल्गुन २०७९, शनिबार १२:१३
काठमाडौँ।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्।शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भए पनि त्यसलाई लुकाउन खोजिएको बताएका हुन्। उनले नेपालीहरु बहादुरमात्रै नभइ बुद्धिमानी पनि रहेको बताए। उनले नेपालका पुर्खाहरुजति विद्वान अन्य कतै नरहेको दाबीसमेत […]

सम्बन्धित शीर्षक