एमाले सरकारले गरेका काम लिएर जनतामा जानू : अध्यक्ष ओली

कर्णाली अनलाइन १६ चैत्र २०७८, बुधबार १२:२०

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उपलब्धिहरूलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।आउँदाे वैशाख ३० गते हुने तय भएकाे स्थानीय तह चुनावकाे प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज बुधवार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’

एमालेका उपाध्यक्ष एवम् घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गर्नुभयो । भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गएकाे चुनावमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा बन्यो न्यायिक इजलास कक्ष

१६ चैत्र २०७८, बुधबार १२:२०
सल्यान।जिल्लाको सिद्ध कुमाख गाउँपालिकाले न्यायिक इजलासका लागि इजलास कक्ष निर्माण गरेको छ।मुद्दाको छलफल तथा निरूपणगर्ने र मेलमिलापद्वारा समाधान गर्ने १३ वटा मुद्दामा काम गरिरहेको स्थानीय तहका न्यायिक समितिका लागि अहिलेसम्म कुनै छुट्टै न्यायिक इजलास कक्ष बन्न सकिरहेको थिएन। कतिपय छलफल गोप्य गर्नुपर्ने भए पनि इजलासको अभावका कारण आफ्नै कार्यकक्षमा छलफल […]