सहमतिपछि सुर्खेतमा अनिश्चितकालिन यातायात बन्द फिर्ता

कर्णाली अनलाइन ९ चैत्र २०७८, बुधबार ०४:३२

सुर्खेत । जिल्ला प्रशसन कार्यालय सुर्खेत र यातायात व्यावसायीबीच सहमति भएपछि सुर्खेतमा गरिएको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगिएको छ ।व्यावसायीले बुधबार बिहानदेखि गरेको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगेका हुन् । स्थानीय यतायात व्यावसायी र प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजालबीच भएको छलफलपछि यातायात बन्द फिर्ता भएको हो । बन्द फिर्ता भएसँगै हाल सवारी साधान सञ्चालनमा आएका छन् ।

भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका थिए ।

उक्त विषयमा प्रहरी र जिल्ला प्रशासनले तत्काल एक्सन लिने जनाएको छ । जिल्ला प्रशासनका अनुसार अबदेखि निजी सवारी साधानले यात्रु लिएर रिर्जवमा हिँडनेलाई प्रहरीले नियन्त्रणमा लिने सहमति भएको छ भने नीजि सवारीले आफ्ना आफन्त र परिवारलाई मात्रै बोक्नु पर्ने निर्णय भएको छ ।@nepaliraibar


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचनः कालिकोटमा १४ दल दर्ता

९ चैत्र २०७८, बुधबार ०४:३२
कालिकोट।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा १४ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५ ठूला दलबाहेक १४साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् । जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाईका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ […]