लिमीमा सेनाको हेलिकप्टरद्धारा खाद्यान्न ढुवानी

कर्णाली अनलाइन ९ मंसिर २०७८, बिहीबार ०६:१४
सांकेतिक फोटो
सांकेतिक फोटो

हुम्ला।जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीका लागि हिल्सामा रहेको खाद्यान्न ढुवानी हुने भएको छ । लिमीमा खाद्यान्न समस्या देखिएपछि गृह मन्त्रालयको पहलमा खाद्यान्न ढुवानी हुने भएको हो । सेनाको हेलिकप्टरबाट मङ्सिर १० गते ढुवानी हुनेछ । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले लिमीका लागि गृह मन्त्रालयले खाद्यान्न व्यवस्था गर्न परिपत्र गरेको बताए ।

तत्कालका लागि हिल्सामा रहेको ४६० क्विन्टल मैदा र चामल पठाउन सकिने जानकारी गृह मन्त्रालयलाई दिएको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको उनले बताए । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले तत्कालका लागि हिल्सामा रहेको खाद्यान्न लिमीका लागि हेलिकप्टरबाट ढुवानी भए समस्या समाधान हुने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जलवायु अनुकूलनका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

९ मंसिर २०७८, बिहीबार ०६:१४
काठमाडौँ ।नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न भएको छ । बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान कार्यक्रमअन्तर्गत युरोप समूह प्रयास (टिम युरोप इनिसिएटभ)मार्फत फिनल्यान्ड, फ्रान्स र […]