सत्ता गठबन्धन दलविच भागवण्डा टुंगियो -नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसले पाउने

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार ११:३९

बाँके।सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ।चार दिनको अथक प्रयासपछि सत्ता गठबन्धनमा आबद्ध पाँच दलले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएका हुन्।

बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठकले विवादित नेपालगञ्ज महानगरपालिका कांग्रेसले लिने सहमति भएको छ। सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ। नेपालगञ्जमा जसपाले पनि दाबी गरेको थियो।

धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसले पाउने भएको छ। माओवादी केन्द्रले बाराको जीतपुर–सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन्।

महानगरमा भने मंगलबार नै भागवण्डा मिलेको थियो। जसमा कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाउनेछ भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ।एउटाको नेतृत्व भएको ठाउँमा अर्को दलको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, पार्टी छाड्ने चेतावनी

७ बैशाख २०७९, बुधबार ११:३९
नेपालगञ्ज ।पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् । बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी […]