नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, पार्टी छाड्ने चेतावनी

कर्णाली अनलाइन ७ बैशाख २०७९, बुधबार १२:३५

नेपालगञ्ज ।पाँच दलीय सत्ता गठबन्धले नेपालगञ्ज उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

बिहीबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।

बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरका मेयरका आकांक्षी कमरुद्दिन राईले पार्टीले केन्द्रबाट मनोमानी ढंगले निर्णय गरे आफूहरू अर्कै चुनाव चिह्न लिएर चुनावमा भाग लिने बताए ।

‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने, ‘जसले पार्टीको तर्फबाट निर्णय गर्नु भएको छ उहाँहरू आफ्नो तरिकाले अघि बढ्नु हुन्छ होला । हाम्रो जिल्लाका नेता कार्यकर्ता मान्दैनन् । हामी मान्दैनौं ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पल शाह प्रकरण: नवलपुर जिल्ला अदालतमा पनि फेरिन् बालिकाले बयान

७ बैशाख २०७९, बुधबार १२:३५
नवलपुर । अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । ‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो । त्यति हुँदा पनि […]