काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एअरको विमान केही मिनेटमै फिर्ता

कर्णाली अनलाइन १८ जेष्ठ २०७९, बुधबार ०७:४७

 काठमाडौँ।काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि काठमाडौँ नै फिर्ता भएको छ।काठमाडौँबाट उडेको १०-१२ मिनेटमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलले जनाएको छ।

कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज काठमाडौँ फिर्ता भएको हो।काठमाडौं विमानस्थलमा जहाज सकुशल अवतरण भएको छ। जहाजमा देखिएको समस्याका बारेमा जाँच भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुक्खा पहिरोले पुरिएर २ जनाको मृत्यु

१८ जेष्ठ २०७९, बुधबार ०७:४७
संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेको पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ का २० वर्षीय हिमबहादुर मगर […]

सम्बन्धित शीर्षक