दैलेखमा हँसिया प्रहारबाट दुई घाइते

दैलेख संवाददाता २० चैत्र २०७८, आईतवार १२:२३

सुर्खेत । दैलेखमा धारिलो घरेलु हतियार (हँसिया)को प्रहारबाट दुई जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–५ पाङकोटका २५ वर्षीय गोपाल सार्कीले हतियार प्रहार गर्दा उक्त वडाका दुई जनालाई घाइते बनाएका हुन् ।

प्रहरीले मादक पदार्थ सेवनगरी वादविवाद हुँदा शनिबार राती ९ बजेको समयमा गोपालले २४ वर्षीय गगन सार्की र २९ वर्षीय कर्णबहादुर सार्कीलाई धारिलो हतियार (हँसिया)ले प्रहार गरेको जनाएको छ ।

प्रहारबाट गगन सार्कीको टाउँकोमा र कर्णबहादुर सार्कीको ढाँडमा चोट लागि गम्भीर घाइते भएको र उनिहरूको उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । साथै हतियार प्रहार गर्ने गोपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्वजनिक गाडीकाे भाडा १५ प्रतिशत बढ्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

२० चैत्र २०७८, आईतवार १२:२३
काठमाडौँ।सरकारले सार्वजनिक गाडीकाे भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको जनाएको छ । यस्तै मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा […]

सम्बन्धित शीर्षक