मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

कर्णाली अनलाइन २२ जेष्ठ २०८०, सोमबार १३:४६

भरतपुर। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१९ का २७ वर्षीय सन्तोष गुरुङको दुर्घटनामा परेर मृत्यु भएको हो।

गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजेतिर भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो।दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो।

भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत गुरुङको आज बिहान ३ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।मृतक गुरुङको शव शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतका निजी विद्यालयहरू एक साताका लागि बन्द

२२ जेष्ठ २०८०, सोमबार १३:४६
सुर्खेत । सुर्खेतका निजी विद्यालयहरू एक साताका लागि बन्द हुने भएका छन् । गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयहरूले पठनपाठनमा एक साताका लागि बिदा दिएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयहरूलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ । सोहीअनुसार […]