एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य झा एमाले प्रवेश

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार ०६:४५

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा प्रवेश गरेका छन्।  एमाले विभाजन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा प्रवेश गराए।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जिव कुमार झाले भूमिका खेलेका थिए। झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए। उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी ज्यान मुद्दामा मन्त्रीका छोरा पक्राउ

१९ पुष २०७८, सोमबार ०६:४५
धनगढी।सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। आइतबार कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा फरार २३ वर्षीय सोडारीलाई पक्राउ गरेको हो। ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।गत पुस २ गते कैलालीको टीकापुरमा […]