२४ घण्टा बितिसक्दापनि सुचारु भएन अवरुद्ध कर्णाली राजमार्ग,हजारौँ यात्रु अलपत्र

कालिकोट संवाददाता २१ माघ २०७९, शनिबार १७:३७
तस्विर थाहा खवरबाट
तस्विर थाहा खवरबाट

कालिकोट।दैलेखको आठविस नगरपालिका अन्तर्गत सिममा शुक्रबार बेलुका ६ :३० बजे ट्रकको  ठक्करबाट पैतल यात्रीको मृत्यु भएको छ ।हुम्लाबाट नेपालगञ्ज  तर्फ जादैँ गरेको भे १ ख ३५१८ नम्वरको ट्रकले ठक्कर दिदा आठबिस नगरपालिका वडा न ४ का ५५ वर्षीय तिलक माझीको घटनास्थमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवलेले जानकारी दिए ।

उक्त घटनालाई लिएर मृतकका आफन्तहरुले कर्णाली रार्जमाग अवरुद्ध गरेका छन।प्रहरीले कालीकोट जुम्ला, मुगुतर्फ आउने गाडीलाई दैलेखेको पाल्तडा, टुनिबगरमा रोकेर राखेको प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले जानकारी दिए ।

आठबिस नगरपालिका प्रमुख तर्क बडूवालले ट्रक साहुलाई बोलाएर मृतक परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको बताए। छलफलपछि सडक खुल्ने प्रमुख बडूवालले बताए।

दैलेख प्रहरी प्रमुख डिएसपी भुवनेश्वरप्रसाद यादवले स्थानीयको आक्रोश बढिरहेकाले सुरक्षा अवस्थामा समेत चुनौती रहेको भन्दै स्थानीय जनप्रतिनिधिसँग छलफलपछि समस्याको समाधान गराउने प्रयास जारी रहेको भए पनि सफल हुन नसकेको जानकारी दिए।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मिडियाविरुद्ध खनिदै रवि लामिछाने:'देश मिडियाले चलाउने होइन’

२१ माघ २०७९, शनिबार १७:३७
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न सञ्चारमाध्यमले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन्। आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न केही सञ्चारमाध्यमले आफूविरुद्ध निरन्तर गलत शीर्षक राखेर आफूमाथि प्रहार भएको उनको भनाइ थियो। उनले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, अनलाइनखबर डटकमका प्रधानसम्पादक […]