काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विभिन्न सञ्चारमाध्यमले आफूमाथि निरन्तर प्रहार गरेको आरोप लगाएका छन्।
आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न केही सञ्चारमाध्यमले आफूविरुद्ध निरन्तर गलत शीर्षक राखेर आफूमाथि प्रहार भएको उनको भनाइ थियो।
उनले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटी डटकमका प्रधानसम्पादक अमित ढकाल, अनलाइनखबर डटकमका प्रधानसम्पादक शिव गाउँले र अन्नपूर्ण पोष्टका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको नामै लिएर उनीहरुले आफूमाथि प्रहार गरेको आरोप लगाएका हुन्।
उनले देश मिडियाले नभइ नेताले चलाउने उनले बताए। साथै उनले चितवन–२ मा आफूसँग चुनाव लड्न मिडिया सञ्चालकहरुलाई चुनौती दिए।उनले भने, ‘देश मिडियाले चलाउने होइन। नेताले चलाउने हो। पावर गेन गर्न मिडिया रिझाउनुपर्ने हो?’
उनले माइतीघरमा सम्भव सिरोहियाले गराएको दुर्घटना ढाकछोप गराइएको, रामेश्वर थापाबिरुद्धको मुद्दा गुपचुप पारिएको भन्दै मिडियाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ देखाएको बताए।