प्युठानमा जीप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते

कर्णाली अनलाइन २३ कार्तिक २०७९, बुधबार ०८:४३

प्युठान ।जीप दुर्घटना हुँदा प्युठानमा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।दुर्घटनामा परी जिल्लाकाे प्युठान नगरपालिका- ५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीया महिमा घर्तीको घटनास्थलमै मृत्यु गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।

जिल्लाकाे बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप गएराति करिब १ बजेतिर प्युठान नगरपालिका- ५ पूर्णगाउँ नजिककाे घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको जिप्रका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जनाएका छन् ।

यस्तै, साे दुर्घटनामा परी घाइते हुनेमा प्युठान नगरपालिका- ५, बस्ने ५० वर्षीया फागुनी खत्री, ५० वर्षीया गोरी घर्ती, १९ वर्षीया बिरीकुमारी महरा, ५२ वर्षीय डिलाराम घर्ती क्षेत्री, ३४ वर्षीया निमा खत्री, ३० वर्षीया जुठी महरा, १८ वर्षीया कुमारी महरा, ४१ वर्षीया नखी महरा, ४७ वर्षीया गोरी खत्री, ३७ वर्षीय निमलाल घर्ती, ३४ वर्षीय जगमा महरा र ५८ वर्षीय रामे रोका रहेका छन् । चालक प्युठान नगरपालिका- ९ का २३ वर्षीय बिनोद के.एम. सामान्य घाइते रहेका छन् ।

गम्भीर घाइते ६ जनालाई बिजुवार अस्पतालबाट बुटवल रिफर गरिएको छ भने घाइतेमध्ये ६ जनाको बिजुवार अस्पतालमै उपचार भइरहेकाे छ ।जीप सडकबाट करिब १५० मिटर तल खसेको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टी-२० विश्वकप : पाकिस्तान फाइनलमा‚ न्युजिल्याण्ड ७ विकेटले पराजित

२३ कार्तिक २०७९, बुधबार ०८:४३
एजेन्सी।टी-२० विश्वकप क्रिकेटमा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ।अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले जितका लागि पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। निर्धारित २० ओभरमा पाकिस्तानले उक्त लक्ष्य ३ विकेट मात्र गुमाएर १९ ओभर १ बलमै पूरा गर्दै ७ विकेटले न्युजिल्याण्डलाई पराजित गरी फाइनल […]