धन बहादुर भण्डारी
हुम्ला। जिल्लाको उत्तरी भेगमा रहेको लिमीमा हिमपातले १५ सय चौरी सहित अन्य पशुचौपाय उच्च जोखिममा परेका छन् । जिल्लामा जाडो महिना सुरु भए संगै जिल्लाको उत्तरी भेग लिमिमा बाक्लो हिउँले चौरी तथा पशुचौपायहरुलाई राम्रो घाँसको व्यवस्था नहुँदा त्यहाँ रहेका १५ सय चौरी सहित अन्य पशुचौपायहरु उच्च जोखिममा परेका छन।
घाँसको अभावले गर्दा पशु जोगाउन कठिन भएको यहाँका स्थानियवासीहरुको भनाई रहेको छ । लिमीमा बाक्लो हिउँ पर्दा त्यहाँका बासिन्दाको जनजीवन समेत कष्टकर बन्दै आएको समेत स्रोतले बताएको छ ।
यसवर्ष हिमाली जिल्ला हुम्लामा छिटो हिमपात हुँदा त्यहाँका स्थानियले पशुहरुकोलागी घाँसको राम्रो व्यवस्था गर्न पाएका छैनन् । अहिले यो समय घाँस जति सबै हिउँले ढाकिएकोले गर्दा चौरी तथा पशुलाई बढी जोखिम रहेको छ । चिसोले गर्दा हिउँ जम्न सुरु भए संगै पशुहरुलाई वनमा चराउन समेत कठिन भएको छ ।
यसअघि हिउँ पर्नुअघि नै घाँस काटेर सुरक्षित गरिन्थ्यो भने यस वर्ष छिटो हिउँ परेका कारण त्यसरी घाँस काटेर राख्न नपाइएको लिमिवासीको भनाई रहेका छ । नाम्खा गाउँपालिका–६ लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमीमा १४७ घरधुरीका बासिन्दाले चौरीसहित एक हजार पाँच सय पशु पाल्दै आएको जानकारी दिए।
अन्य पशुमा जुमा, झोपा, घोडा रहेका छन्। घाँस नपाएर पशु भोकै बस्नुपर्ने भएपछि किसानहरु चिन्तामा परेको उनले बताए । ‘किसानसँग अन्य विकल्प छैन’, वडा अध्यक्ष तामाङले भने, ‘चौरीलगायत पशु जोगिएलाजस्तो छैन।