सरकारले गर्‍यो २० देशका लागि राजदूत सिफारिस (सूचीसहित)

कर्णाली अनलाइन २४ चैत्र २०७८, बिहीबार १५:३६

काठमाडौँ।सरकारले बिहीबार २० देशका लागि राजदूत नियुक्ति सिफारिस गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका २० देशमा राजदूत सिफारिसको निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले देशसञ्चारसँग बतायो।

लामो समयदेखि रिक्त रहेको राजदूत पदमा सरकारले नियुक्ति नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्काको आलोचना हुँदै आएको थियो।स्रोतका अनुसार बिहीबार सिफारिस भएका २० मध्ये ८ राजदूत कर्मचारीहरुमध्येबाट र १२ राजदूत राजनीतिक नियुक्तिबाट परेका छन्।

यी हुन् राजनीतिक कोटाबाट राजदूतमा नियुक्ति सिफारिस भएका १२ जना :

विष्णुपुकार श्रेष्ठ, चीन

दानबहादुर तामाङ, दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल, स्पेन

बासुदेव मिश्र, श्रीलंका

मिलन तुलाधर, रसिया

कैलाश पोखरेल, अस्ट्रेलिया

डिल्लीराज पौडेल, मलेसिया

शान्ता रिजाल, इजराइल

ज्योति प्याकुरेल, दक्षिण कोरिया

प्राडा रामसुरज राय यादव, डेनमार्क

नवराज सुवेदी, साउदी अरब

नरेश विक्रम ढकाल

परराष्ट्र मन्त्रालयका उच्च तहका ८ कर्मचारीलाई पनि राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । को‚ कुन देशका लागि सिफारिस भएका हुन् भन्ने जानकारी प्राप्त नभए पनि सिफारिस हुने अधिकारीहरू निम्नानुसार रहेका छन् :

घनश्याम भण्डारी

हरिशचन्द्र घिमिरे

डोरनाथ अर्याल

सुशीलकुमार लम्साल

भरतकुमार रेग्मी

निर्मलराज काफ्ले

दुर्गाबहादुर सुवेदी

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

२४ चैत्र २०७८, बिहीबार १५:३६
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो । सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो ।