नेकपा एसको निष्कर्ष:औपचारिक प्रस्ताव आएपछि मात्रै सरकारबारे छलफल हुने

कर्णाली अनलाइन १८ पुष २०७९, सोमबार २१:२०

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुन औपचारिक प्रस्तावको पखाईमा बसेको छ। सोमबार बसेको पोलिटब्युरो बैठकको निर्णय सुनाउँदै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुनका लागि कसैले पनि प्रस्ताव नगरेको बताए।

‘सरकारमा सहभागी हुन हामीलाई औपचारिक प्रस्ताव कसैले पनि राखेको छैन। यस विषयमा हामीले आवश्यक छलफल गर्नुपरेन। यो सरकारलाई हेर्ने दृष्टिकोणका बारेमा हामी छलफल गरिरहेका छौं। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौं,’ उनले भने।

प्रवक्ता खतिवडाले औपचारिक प्रस्ताव आएपछि त्यो प्रस्ताव लायक छ छैन त्यसैअनुसार नै निर्णय हुने बताए।

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सरकारमा आउन आग्रह गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री प्रचण्डको चेतावनी:सेवा लिन लाइन लाग्नुपर्ने अवस्था एक महिनामा नहटे कारबाही

१८ पुष २०७९, सोमबार २१:२०
  काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालयहरूमा सेवाग्राहीले सेवा लिन भोग्नुपरेको सास्ती एक महिनाभित्र पनि नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। सोमबार र मंगलबार मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको ब्रिफिङ सुनेपछि निर्देशन दिँदै प्रचण्डले यस्तो चेतावनी दिएका हुन्। ‘अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, […]