सल्यानमा जेसीबी दुर्घटनाहुदा सहचालकको मृत्यु

कर्णाली अनलाइन ७ पुष २०८०, शनिबार ११:१४

सल्यान।बागचौर नगरपालिकामा जेसीबी दुर्घटनाहुदा सहचालकको मृत्यु  भएको छ। शनिबार  बिहान बागचौर–३ स्यालागैरामा रा १ क ८५९ नम्बरको  जेसीबी दुर्घटना  हुँदा  दाङको गडवा गाउँपालिका ५ का २४ वर्षीय दीपेन्द्र  चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार तिरुपाते कम्पनीको जेसीबी सडक निर्माणका  क्रममा  अनियन्त्रित भई अन्दाजी  १० मिटर  तल खसेको थियो। च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी  दिए।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक पक्राउ

७ पुष २०८०, शनिबार ११:१४
सुर्खेत।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ । कास्कीको पोखरामा आयोजित सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि खोया प्रहार भएको हो । खोयाम प्रहार गर्ने लमजुङका २८ वर्षीया युवा सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए । प्रहरीले रानाभाट मकै खाइरहेको र मकै खाएपछि […]