सत्तागठबन्धन दलले सोमबारसम्म महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने

कर्णाली अनलाइन ४ बैशाख २०७९, आईतवार ०७:४०

काठमाडौँ ।पाँच दलीय गठबन्धनले सोमबार (भोलि)सम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डाको टुंगो लगाउने निर्णय गरेका छन्।बालुवाटारमा आइतबार बसेको बैठकले स्थानीय तहको चुनावमा तालमेल गर्नेबारे छलफल गर्दै केन्द्रबाट टुंगो लगाउने भनिएको महानगर र उपमहानगरको भावण्डाको सहमति साेमबार सक्ने निर्णय गरेका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकबारे जानकारी दिँदै भने, ‘बालुवाटारमा बसेको गठबन्धन शीर्ष नेतृत्वको बैठकले भोलिसम्म महानगर र उपमहानगरबारे टुंगो लगाउने।’

गठबन्धनले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको टुंगो केन्द्रबाट लगाउने भने अझै कुरा मिल्न सकेको छैन।त्यस्तै गठबन्धनले सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे साेमबार नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको मल्लले जानकारी दिए।वैशाख ३० गते मतदानका लागि आयोगले वैशाख ११ र १२ गते मनोनयनको मिति निर्धारण गरे पनि गठबन्धनमा आबद्ध दललाई भागवण्डा मिलाउनै सकस परेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत

४ बैशाख २०७९, आईतवार ०७:४०
बर्दिया। बर्दियामा १४ बर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया नगरपालिका-३ खुरखुरे बस्ने २५ वर्षिया गगन कामीलाई पक्राउ गरेको छ । सुर्खेत बराहताल गाँउपालिका -४ स्थायी घर भएका कामीलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अुनसार कामीले सोेही नगरपालिका ६ पथ्थरडाँडास्थित खेतमा […]