काेहलपुरबाट सुर्खेततर्फ आउँदै गरेकाे ट्रक दुर्घटना, चालककाे मृत्यु

कर्णाली अनलाइन १४ चैत्र २०७८, सोमबार ०६:५७

सुर्खेत।सरिया र सिमेन्ट बाेकेकाे ट्रक दुर्घटनाहुँदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ । काेहलपुरबाट सुर्खेततर्फ आउँदै गरेकाे ट्रक आज विहान दुर्घटना भएकाे हाे ।रत्न राजमार्गकाे चिसापनी-बबइ खण्डकाे बाँसगढी नगरपालिका-१ उन्नती खाेलामा लु २ ख ८८३ नम्बरकाे ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले नेपालीरैबारलाइ जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका-१  नुवाकाेटका ३६ वर्षीय साेम तामाङ छन् । उनकाे घटनास्थलमै मृत्यु भएकाे डाँगीले बताए ।दुर्घटनामा ओमसतिया गाउँपालिका-५  रूपन्देहीका २२ वर्षीय अनिल हरिजन घाइते छन् । उनकाे मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेकाे डाँगीले बताए ।दुर्घटनकाे कारण नखुलेकाे र घटनास्थलमा अस्थायी प्रहरी पाेष्ट बबइबाट टाेली खटिएर थप अनुशन्धान गरिरहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाकाे भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरिया राेजगारी भाषा परीक्षाको लागि आजदेखि आवेदन खुल्याे(विस्तृतमा बुझ्न सूचना हेर्नुहोस्)

१४ चैत्र २०७८, सोमबार ०६:५७
काठमाडौँ।दक्षिण कोरियाको रोजगारीमा जानेहरुको लागि भाषा परीक्षामा सामेल हुन आजदेखि आवेदन लिन थालिएको छ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियाको रोजगारीमा जानको लागि ईपीएस शाखा ग्वार्को, ललितपुरले आवेदन खुला गरेको हो ।आवेदन चैत २१ गतेसम्म दिन सकिने शाखाले जनाएको छ । ईपीएस शाखाले भाषा परीक्षा आवेदन दिनेबारे गएकाे फागुन […]