दैलेखको गुराँस गाउँपालिका अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता

कर्णाली अनलाइन १३ बैशाख २०७९, मंगलवार ०५:२६

दैलेख।नेपाली काँग्रेस कार्य समिति दैलखका सचिव तथा गुराँस गाउँपालिकाका निबर्तमान अध्यक्ष खेमराज ओलीले गुराँस गाँउपालिकाको प्रमु्खमा उम्मेदवारी दर्ता गराएका छन।बैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागी उनले सोमबार नेपाली काँग्रेसका नेता कार्यकर्ताको उल्लेख्य सहभागीका साथ बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका छन।

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट ४ हजार १ सय ६४ मत ल्याएर निर्वाचित भएका ओलीले जनताको हितमा राम्रो काम गरेकाले पुन नेपाली काँग्रेसबाट प्रमुखमा खेमराज ओली र उप-प्रमुखमा दिपा विसी (रावल)ले उम्मेदवारी दर्ता गराएका छन।

२०७४ सालको चुनावमा नेपाली काँग्रेसबाट गाउँपालिका प्रमुखमा निर्वाचीत भएका ओलीले गुराँसको समृद्धका सम्बाहकरुपमा चिएका छन ।गुराँस गाउँपालिकाको शिक्षा,स्वास्थ्य ,खानेपानी ,सडक,विधुत लगायत पुर्वाधारमा विशेष जोड दिई सम्रग देशकै नमुना गाउँपालिकाको रुपमा चिनाउन सफल भएका ओली गुराँस जनताका प्रत्यक्ष जनजिविका सवालमा अतिलोकप्रीय युवा नेताका रुपमा आफुलाई चिनाउन सफल भएका छन।

२०७४ को स्थानीय तहमा घोषणापत्रमा दर्ज भएका प्रतिवद्धताहरु शतप्रतिशत कार्यनयन गर्ने सफल भएका ओली केही बाँकीरहेका अधुरा योजनाहरुलाई पुरा गर्ने संङकल्प सहित आफनो पुन:उम्मेदवारी रहेको बताए। ओलीले निर्वाचनमा आफुलाई अत्याधिक बुहमतका साथ विजय गराउनका लागी सम्पुर्ण गुराँस वासिमा अनुरोध र आग्रह समेत गरेका छन।
लामो राजनीतिक अनुभव भएका नेता ओली राजनैतिक रुपमा मात्रै नभइ हरेक क्षेत्रमा उतिकै अनुभवी र कुशल शासकको रुपमा चिनिएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिकामा पाँच राजनैतिक दल सहित ४ स्वतन्त्र उम्मेदवारले गरे मनोनयन दर्ता

१३ बैशाख २०७९, मंगलवार ०५:२६
दैलेख।जिल्लाको गुराँस गाउँपालिकामा मुख्य पाँच राजनितिक दलले अध्यक्ष र उपाध्यक्षमा आफनो उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।भने अन्य ४ जनाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन।बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सोमवार निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन। अध्यक्षमा नेपाली काँगे्रसबाट खेमराज ओलीले र उपाध्यक्षमा […]