अवतरणको क्रममा ह्याम्स हस्पिटलमा हेलिकप्टर दुर्घटना

कर्णाली अनलाइन २५ चैत्र २०७९, शनिबार १६:०६

काठमाडौँ ।काठमाडौँको ह्याम्स हस्पिटलमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनाबाट कसैलाई कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ।अस्पतालको हेलिप्याडमा अवतरणको क्रममा हेलिकप्टरको पुच्छरको पार्ट नजिकैको अर्को घरमा झरेको थियो।

बिरामी लिनका लागि भरतपुर जान लागेको एयरनेस्टीको हेलिकप्टर विमानस्थलबाट ह्याम्स हस्पिटल गएको थियो। विमानस्थल स्रोतका अनुसार डाक्टर लिनका लागि भरतपुर जानुअघि हेलिकप्टर ह्याम्स हस्पिटल पुगेको हो।अहिले खसेको हेलिकप्टरको पुच्छरको भाग जोड्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारबाट बाहिरियो एमाले, तिन मन्त्रीहरूले बुझाए मुख्यमन्त्रीलाई राजीनामा

२५ चैत्र २०७९, शनिबार १६:०६
सुर्खेत । नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका तिन मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् । हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको […]