सुर्खेत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीकाे कार्ड फाल्न थालिएकाे उल्लेख गर्दै आफू प्रलाेभनमा नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित जनप्रतिनिधि तथा कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार सुर्खेत आएका उनले यसबारे खुलाएका हुन् ।
‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ । यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन,’ उनले भने ।
तत्काल वामएकताकाे सम्भावना नरहेकाे बताउँदै उनले यसबार थप प्रष्ट्याए । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन,’ उनले भने, ‘अहिले केही हुँदैन ।’

