नवनियुक्त दुई मन्त्रीहरूको शपथ आज

कर्णाली अनलाइन १० जेष्ठ २०८०, बुधबार ०८:००

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ ।राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ ।प्रधानमन्त्री  प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै,, तीन जिल्लामा सार्वजनिक बिदा

१० जेष्ठ २०८०, बुधबार ०८:००
काठमाडौं।वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्रा मनाइँदै छ। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने […]